शहरहरू टेल अवीव र यरूशलेममा जोरदार विस्फोटका आवाज सुनिन पुगेका छन्। इरानी मिसाइलहरूलाई हवाई सुरक्षा प्रणालीले रोक्दै रातको आकाश उज्यालो भएको थियो।
आज बिहान पनि उद्धार टोलीहरू केन्द्रिय इजरायलमा भत्किएको भवनको भग्नावशेषमा मानिसहरूको खोजी गरिरहेका छन्। उत्तरतर्फ रहेको प्रमुख बन्दरगाह र तेल प्रशोधन केन्द्र भएको हाइफा पनि आक्रमणबाट प्रभावित भएको छ।
इजरायली सेनाले जनाएको छ कि इरानमा गरिएको पछिल्लो आक्रमणले राजधानी तेहरानमा रहेको विशिष्ट कुद्स फोर्सको कमाण्ड केन्द्रलाई लक्षित गरेको थियो।
तर, पछिल्ला हवाई आक्रमणहरू केवल आणविक र सैन्य लक्ष्यमा मात्र सीमित नभई सरकारले चलाएका कार्यालय र ऊर्जा संरचनाहरूमा समेत गरिएको छ, जसले इरानी शासनलाई कमजोर पार्ने रणनीति देखिन्छ। आवासीय क्षेत्रहरू पनि प्रभावित भएका छन्।
इजरायलले यो अभियान लामो समयसम्म चल्ने संकेत गरेको छ भने, इरानले आफूमाथि भएको आक्रमणको विरोध गर्दै आफ्नो सुरक्षा अधिकार सुरक्षित राख्ने र आक्रमणकै बीच वार्ता नहुने बताएको छ।
इजरायली अधिकारीहरूले भनेका छन् कि इजरायलको आक्रमण सुरु भएयता कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ। इरानमा भने स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि इजरायलको हवाई आक्रमणमा २२0 भन्दा बढी मानिसहरू मारिएका छन्।
No Comment! Be the first one.