प्रभु क्यापिटलद्वारा सञ्चालित “प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम” मा आवेदन दिनको लागि आज अर्थात असार ६ गते अन्तिम दिन हो। यो स्किम प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा ल्याइएको खुलामुखी सामूहिक लगानी कोष हो।यो योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरमा २५ करोड रुपैयाँ बराबरका २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। स्किमको कुल आकार ४ करोड इकाई रहेको छ, जसको ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकका लागि र अर्को ७.५ प्रतिशत योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ।सर्वसाधारण लगानीकर्ताहरूले बाँकी रहेका २ करोड ५० लाख इकाईमा आवेदन दिन सक्नेछन्। यस स्किमको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड कार्यरत छ।लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ती संस्थाहरूका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइन सि-आस्बा प्रणालीमार्फत समेत आवेदन दिने व्यवस्था गरिएको छ।यस योजनालाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले प्रभु बैंकलाई ‘ICRANP-IR BBB–’ रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले ‘CARE-NP AMC Quality 3+’ को मूल्याङ्कन प्रदान गरेको छ।
असार ६ अन्तिम मौका: प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किममा आवेदन खुला
Related Posts
असार १५ – दहीचिउराको स्वादमा नेपाली संस्कृति
June 29, 2025
No Comment! Be the first one.