अब शिक्षा संकायबाहेकका विद्यार्थीहरू पनि शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षा दिन सक्ने व्यवस्था गर्न सहमति भएको छ। आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले यस्तो सहमति गरेको हो।विद्यालयस्तरको शिक्षक बन्नका लागि जुनसुकै विषय अध्ययन गरेका व्यक्तिले पनि अब अध्ययन अनुमति पत्र (Study Permit) प्राप्त गर्न सक्नेछन्। त्यस्तै, विद्यालय शिक्षाको पाठ्यक्रम परिवर्तन भएमा वा प्रत्येक पाँच वर्षमा शिक्षकहरूले अनिवार्य रूपमा पुनर्ताजगी तालिम लिनुपर्ने व्यवस्था लागू गरिनेछ।नयाँ विद्यालय शिक्षा विधेयकमा तीन तहका सरकारलाई पुनर्ताजगी तालिमको जिम्मेवारी दिने प्रावधान समेटिएको छ। सभापति अमरबहादुर थापाले अध्ययन अनुमति र तालिमसम्बन्धी व्यवस्थाप्रति समिति सदस्यहरूको सहमति रहेको जानकारी दिए।यो विधेयकलाई प्रतिवेदनसहित आजै संसदमा पेश गर्ने तयारीमा समिति जुटिरहेको छ।
शिक्षक लाइसेन्स अब सबै संकायका लागि खुला, पाँच वर्षमा पुनर्ताजगी तालिम अनिवार्य
Related Posts
असार १५ – दहीचिउराको स्वादमा नेपाली संस्कृति
June 29, 2025
No Comment! Be the first one.