नेप्से, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर २० अर्थात् सिप्ला सेक्युरिटिज प्रालिलाई असार २३ गतेदेखि आगामी तीन कार्य दिनसम्मको लागि सेवा निलम्बनमा राख्ने निर्णय गरेको छ।
उक्त निर्णय सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पठाएको आधिकारिक पत्रको आधारमा गरिएको हो। पत्रमा सिप्ला सेक्युरिटिजले तोकिएको समयसीमा भित्र कारोबारको राफसाफ (clearing) तथा फर्छ्यौट (settlement) प्रक्रिया पूरा नगरेको स्पष्ट उल्लेख गरिएको छ।
नेप्सेले सेयर बजारमा पारदर्शिता र समयमै कारोबार प्रक्रिया सुनिश्चित गर्न कडा कदमस्वरूप यो निर्णय लिएको हो। निलम्बनको समयमा सिप्ला सेक्युरिटिज कुनै पनि प्रकारका सेयर कारोबार सेवा सञ्चालन गर्न सक्ने छैन।
यो निर्णयले बजारको अनुशासनमा कडाइ ल्याउने अपेक्षा गरिएको छ। नेप्सेले सबै ब्रोकरहरूलाई नियमनको दायरामा रही समयमै दायित्व पूरा गर्न निर्देशनसमेत दिएको छ।
No Comment! Be the first one.