पाल्पा – पूर्वखोला गाउँपालिका–५ स्थित वीरकोटबाट रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको बोलेरो जिप गहिरो खोंचमा खस्दा दुई जनाको ज्यान गएको छ भने चालकको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा सवारीधनी बिनोद ढुङ्गाना र रेशम सुनार रहेका छन्। ढुङ्गाना पाल्पाको गाप्टुङ स्थायी बासिन्दा हुन्, तर हाल बुटवल–११ मझुवामा बस्दै आएका थिए। ४८ वर्षीय सुनार पनि बुटवलकै निवासी थिए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार बेलुकी लु १ च ६७५६ नम्बरको बोलेरो सडकबाट चिप्लिएर झन्डै ३०० मिटर तल खसेको थियो। तत्कालै प्रहरी र स्थानीयवासीले उद्धार गरी घाइतेहरूलाई अस्पताल पुर्याए। तर लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा पुर्याउँदा डाक्टरहरूले दुई जनालाई मृत घोषणा गरे।
गम्भीर घाइते भएका चालक राजु खड्का अहिले लुम्बिनी मेडिकल कलेजमा उपचाररत छन्। उनी बुटवल–११ निवासी ३० वर्षीय युवक हुन्। प्रहरीका अनुसार दुर्घटना सडक चिप्लिएर भएको अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
No Comment! Be the first one.