काठमाडौं — काठमाडौं महानगरपालिकाका निमित्त प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले दिएको आदेशले पाण्डेको पक्षमा कानुनी राहत दिएको छ। यो आदेशपछि मेयर बालेन साहसमेत सन्तुष्ट देखिएका छन्, किनकि पाण्डे नै बालेनद्वारा नियुक्त प्रहरी प्रमुख थिए।
निलम्बनको निर्णय महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ २० गते गरेका थिए, जसअनुसार पाण्डे ६ महिनाका लागि सेवाबाट हटाइने भनिएको थियो। तर, उक्त निर्णयविरुद्ध पाण्डेले उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेपछि अदालतले तत्काल निलम्बन स्थगन गर्न अन्तरिम आदेश दिएको हो।
पाण्डेमाथि अरू जनप्रतिनिधिहरूको अवज्ञा गर्दै मात्र मेयर बालेनको आदेश पालन गर्ने आरोप लाग्दै आएको छ। तर, हाल अदालतको निर्णयले प्रशासनिक क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ।
No Comment! Be the first one.