युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गर्दै १०% बोनस शेयर दिने
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। साथै, बोनस शेयरमा लाग्ने करका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पनि दिने बताइएको छ।
इन्स्योरेन्स कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले यो प्रस्ताव पारित गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ।
यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। लगानीकर्ताहरूले लाभांशको रूपमै प्रतिफल प्राप्त गर्ने भएकाले यो घोषणा शेयर बजारमा सकारात्मक संकेतको रूपमा हेरिएको छ।
No Comment! Be the first one.